काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल वर्षाका कारण रोकिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको आयोजक नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाउँदा खेल अवरुद्ध हुन पुगेको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए…