काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्राउलाई अन्यायपूर्ण भन्दै कानुनी रूपमा सामना गर्ने बताएका छन्। जेनजी आन्दोलनका क्रममा भएको घटनासँग जोडेर प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रहरी पुगेपछि उनले आफ्ना कानुनी सल्लाहकारहरूसँग छलफल गरेका थिए। सो क्रममा ओलीले आफूविरुद्धको कदम निष्पक्ष नभएको दाबी गर्दै अदालतमार्फत न्याय खोज्ने बताएका छन्।…