काठमाडौँ । नेपालमा आगामी अटो शोहरूमा चारवटा प्रिमियम इलेक्ट्रिक कारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । टाटा, बीवाइडी, महिन्द्रा र एमजी आईएम जस्ता प्रतिष्ठित ब्रान्डका यी गाडीहरूले उत्कृष्ट डिजाइन, प्रविधि र सुरक्षाका साथ नेपाली बजारमा प्रवेश गर्दैछन् । यस वर्षको अटो शोमा इन्ट्री-लेभल र मिड-रेन्जका गाडीहरू पनि प्रदर्शनमा रहनेछन् । महिन्द्राको एक्सईभी ९ई, बीवाइडीको सिलायन-७,…