‘सबैको’ लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले साउन १ गतेदेखि प्रतिकित्ता १०० का दरले ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।आईपीओ निष्कासन बाँडफाँड पश्चात कम्पनीको चुक्तापुँजी १६ करोड ५० लाख पुग्नेछ ।…