काठमाडौं । ब्रिटिश काउन्सिलले नेपाल र बेलायतका सिर्जनात्मक क्षेत्रका व्यक्ति तथा संस्थाहरूबीच सहकार्यलाई प्रवर्द्धन गर्न "कनेक्सन थ्रु कल्चर (सिटिसि) अनुदान २०२५" को घोषणा गरेको छ । यस अनुदान कार्यक्रममार्फत नेपाली कलाकार, सांस्कृतिककर्मी र सिर्जनात्मक कार्यमा संलग्न संस्थाहरूले बेलायतका साझेदारहरूसँग मिलेर विभिन्न परियोजनाहरू सञ्चालन गर्न सक्नेछन्। विश्वव्यापी साझेदारीको आवश्यकतालाई मध्यनजर गर्दै यो कार्यक्रमले संयुक्त कला कार्यशाला,…