काठमाडौं । शिक्षक र विद्यालय कर्मचारीहरुले अनिश्चितकालिन सडक आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबार माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन ¥यालीसहित आन्दोलन सुरु गरेको हो । उनीहरुले विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप प्रदर्शन गरेका हुन् । आन्दोलनमा देशैभरबाट १७ थरीका शिक्षक र विद्यालय…