काठमाडौं महानगरकाे प्रवेश परीक्षामा १०,८६७ जना विद्यार्थी उत्तीर्ण

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। महानगरपालिकाको शिक्षा विभागका अनुसार शनिबार ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये १०,८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्…

Logo