काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रुपमा परिमार्जित गरी यथाशीघ्र जारी गरियोस् भन्ने माग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले उक्त माग प्रस्तुत गरेकाे हाे । यसका साथै, प्याब्सनले संविधानको अवधारणा अनुसार समुन्नत नेपालको मूल आधार सार्वजनिक, निजी र सहकारी…