गायक तथा संगीतकार भीषण मुकारुङ राईले ‘ए सिम्मा, (खोर्सानी डल्ले २) गीतको भिडियो सार्वजनिक गरेका छन्। गीतमा दुर्लभ जन्तरेको शब्द र विशेष खालिङको संगीत रहेको छ। गीतमा चन्दु गोर्खालीको संगीत संयोजन छ भने यसलाई पृथक रेकर्डस स्टुडियोमा विवेक रानापहेलीले रेकर्डिङ साथै देवेश राईले मिक्सिङ र मास्टरिङ गरेका छन्। तक्मे बुढा च्यानल मार्फत् सार्वजनिक गरिएको भिडियोमा…