काभ्रेसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जमीन बाँझो राख्ने व्यक्तिलाई कारवाही गरिने बताएका छन् ।एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणद्वारा तेमाल गाउँपालिका–७ चाँपाखोरीमा राधाकृष्ण माध्यमिक विद्यालयको चार करोड ४० लाखमा निर्मित दुईतले दुईवटा भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् ।सञ्चार मन्त्री बाँस्कोटाले भने, ‘जमीन बाँझो राख्नेलाई…