मेलम्चीसिन्धुपाल्चोकको उच्च हिमाली भू–भागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको छ । शुक्रबार साँझदेखि जिल्लाको हेलम्बुको सोर्माथान, पाँचपोखरीको गुन्सा, लिसङ्खुपाखरको मुडेमा बाक्लो हिउँ परेको छ । हिमपातपछि हिमाली भेगको जनजीवन प्रभावित भएको छ ।वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईबस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफूललाई समेत क्षति पु¥याएको स्थानीय…