काठमाडौं । पूर्वराजदूत केशवराज झाको हत्या गरेको आशंकामा नियन्त्रणमा लिएकाहरुलाई प्रहरीले चरम यातना दिएको तथ्य खुलेको छ । एक महिनाअघि आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेका झाको हत्या भएको आशंकामा प्रहरीले भान्सेमाथि अनुसन्धान सुरु गरेको थियो ।झाका भान्से सानुकान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटना आफुले गराएको भन्ने कबुल गराउन चरम यातना दिएको खुलेको हो…