काठमाडौँ, ३ माघ“रानीपोखरीभित्रको कालोमाटो, बालुवा र इँटा कहाँ लगियो ? त्यसबारे नागरिकलाई जानकारी दिनुप¥यो”, कामपावासी शैलेन्द्र शाक्यको माग छ । “पुनःनिर्माणको बहानामा ऐतिहासिक सम्पदालाई व्यापारीकरण गर्न खोजिएको छ, त्यसका नाममा भएको अनियमितता छानविन गर्नुपर्छ,” उहाँले अगाडि भन्नुभयो । रानीपोखरी जीर्णाेद्धारबारे आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा विज्ञ समूहलाई सुझाव दिँदै सहभागी सर्वसाधारणले ऐतिहासिक सम्पदाको ऐतिहासिकरुपमा नै पुनःनिर्माण गरिनुपर्ने…