काठमाडौं, ३ माघ ।निर्वाचन आयोगले माघ २४ मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि बेग्लाबेग्लै चार प्रकारका मतपत्र बनाउने भएको छ । मतपत्रको प्रारम्भिक डिजाइन तयार पारिसकेको आयोगले यसबारे दलहरूसँग मंगलबार राय सुझाव लिएको थियो ।आयोगले राष्ट्रियसभाको चुनाव तयारीबारे जानकारी दिन र आवश्यक राय सुझाव लिन मंगलबार पाँच राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै डाकेको थियो ।राजनीतिक दलका प्रतिनिधिहरूले पनि…