काठमाडौ, ३ पुस । नेकपा माओवादीले केन्द्रीय कार्यालयको आकस्मिक बैठक आज सोमबार बोलाएको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनको समीक्षा र नेकपा एमालेसँग पार्टी एकतालगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो ।बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । बैठकमा सरकार…