उदयपुर,१५, मंशिरजिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई अस्ती बिहान एम्बुस पड्काउने समूहमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार एक जनालाई नियन्त्रणमा लिएको छ । एम्बुस थाप्ने मुख्य योजनाकार भएको आरोपमा त्रियुगा नगरपालिका ७ शाहीखोलाका बलबहादुर मगर पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले मगर सहितको समूहले प्रयोग गरेको मोटरसाईकल समेत नियन्त्रणमा लिएको…