खोटाङ,१,मंशिरनेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिबाट जिल्लावासी त्रसित बनेका छन् । नेकपाका कार्यकर्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधिको घरजग्गा कब्जा गर्न थालेपछि जिल्लावासी त्रसित बनेका हुन् । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार विशाल भट्टराई, कांग्रेसबाट प्रदेससभा खोटाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार सुवाशकुमार पोखरेल, हलेसी चुवाचुङ नगरपालिकाका नगर…