काठमाडौंँ, कात्तिक २५ आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् । नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी वि.सं. २०१५ सालको निर्वाचनपछिको संसदमा सभामुख थिए । जीवित रहेका ५ जना पूर्व सभामुख मध्ये तारानाथ रानाभाट बाहेक चार जनाले फेरि संसदमा जाने चाहना सहित उम्मेदवार…