काठमाडौं, १५ भदौ आगामी मंसीर १० मा हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले हिजोबाट लागू हुने गरी निर्वाचन आचार संहिता, २०७२ लागू गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको…