काठमाडौं, १४ भदौ नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालन गरिएको विद्युत् चुहावट नियन्त्रण अभियानले गतवर्ष २५.७८ प्रतिशत रहेकोमा घटाई २२ प्रतिशत मा सिमीत गरेको छ । प्राधिकरणका अनुसार प्राविधिक चुहावट घटाउने र तराई भेगमा बिजुली चोरी नियन्त्रण गर्ने कार्य चुनौतीपूर्ण छ । प्राधिकरणको वितरण प्रणालीबाट करिब २३ प्रतिशत भन्दा बढी बिजुली चुहिएरै खेर जाने गरेको छ ।…