रुकुम, ५ भदौ ।अविरल वर्षाका कारण जिल्लाको बाँफिकोट गाउँपालिका–९ झुला गाउँ पहिरोको जोखिममा परेको छ । गाउँमाथि र तलबाट दैनिकजसो पहिरो खस्न थालेपछि जोखिम बढ्दै गएकाले स्थानीयवासी पानी पर्न थालेपछि रातभर जाग्राम बस्ने गरेका छन् । पहिरोको मारमा साविकको झुला गाविसका ४ र ६ वडाका करिब ६० घरधुरीलाई समस्या भएको स्थानीयवासी प्रेम केसीले जानकारी दिए । पहिरोका…