सरकारले मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।बैठकले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै चार जना इजिप्सियन नागरिकलाई सरकारले देश निकाला गर्ने भएको छ…