काठमाडौं,सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रूपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको १० दशमलव ६८ प्रतिशत मात्रै हो । पछिल्लो दशकमा शिक्षा क्षेत्रमा सरकारको लगानी क्रमशः घट्दै गएको भन्दै शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।आर्थिक वर्ष ०६७,६८ मा सरकारले कुल बजेटको १७.११ प्रतिशत बजेट विनियोजन गरेको…