काठमाडौं । गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् आज पहिलोपटक बस्न लागेको प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरूका निम्ति समय निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयका अनुसार दलीय आधारमा गरिएको समय निर्धारण अनुसार सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई २५ मिनेटको समय निर्धारण गरिएको छ । रास्वपाबाट सभापति रवि लामिछाने बोल्ने तय भएको छ।…