आजभन्दा १८ वर्ष पहिले रोल्पामा माओवादी सशस्त्र युद्धको दबदबाको थियो। त्यो समयमा रोल्पाका एमाले, काँग्रेस वा बाहेकका पार्टीले चुईंक्कसम्म गर्न पाउँदैनथे। त्यहीबेलामा दक्षिण रोल्पामा पर्ने नुवागाउँ क्षेत्रका एमालेजनहरु लुकी-लुकी सानोतिनो बैठक, भेला गर्दथे। त्यही बैठक, भेलामा कक्षा ८ मा पढ्दै गरेकी फुच्ची केटी ईश्वरी जिएम (घर्ती मगर) सहभागी हुन्थिन्। दक्षिण रोल्पा एमालेको पकड रहेको क्षेत्र…