कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई मेवा खाने क्षेत्रको रुपमा बुझ्दा लोकतन्त्र धरासायी बनेको बताएका छन्। ‘राजनीति भनेको सेवाको क्षेत्र हो। तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ। नेताहरूले नै राजनीतिक धर्म छाडेकाले समस्या आएको हो,’ पार्टीको १४ औँ महाधिवेशनलाई लक्षित गर्दै नेता सिंहले भने, ‘अहिले लोभ–लालचमा नफसि, प्रलोभनमा नपरीकन आउने…