प्रधानमन्त्री पद गुमेपछि विश्वासको मत नदिने पार्टीकै सांसदहरूमाथि एमाले अध्यक्ष केपी ओली खनिन सक्ने अड्कलबीच सोही दलका प्रमुख सचेतक विशाल भट्टराईले ती सांसदहरूप्रति ‘नरम’ हुने बताएका छन्। पार्टी एकता जोगाउन नरम हुनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। उसो भए, के कारवाही हुँदैन त? प्रमुख सचेतक भट्टराईले स्पष्टीकरण चाहिँ सोधिने बताए। ‘पार्टी एकता जोगाउनुपर्ने बाध्यता हामीसँग…