काठमाडौं । आइसिसी टि-२० विश्वकपअन्तर्गत आज भएको उद्घाटन खेलमा क्यानडाले अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ। आज बिहान अमेरिकास्थित् डल्लासको ग्रान्ड प्रेरी रंगशालामा भएको उद्घाटन खेलमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ् गर्ने निर्णय गरेको थियो। पहिला ब्याटिङ् गर्दै क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन जोड्यो। क्यानडाकालागि ओपनर नवनीत…