संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालले अलराउण्डर गुल्सन झालाई पनि सस्तैमा गुमाएको छ । दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पाँचौं विकेटको रुपमा १६औं ओभरको अन्तिम बलमा गुल्सन झालाई एक रनमै गुमाएको हो । उनी राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्,…