ओपनरद्वय डेविड वार्नर र मिचेल मार्शको सानदार शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानलाई विशाल लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३६७ रन बनाएको हो । अष्ट्रेलियाका लागि वार्नरले सर्वाधिक १६३ रनको शतकीय इनिङ खेले । १२४ बल खेलेका उनले १४ चौका र…