युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र पिएसजीले आआफ्नो खेलमा जित हासिल गरेका छन्। समूह जि अन्तर्गतको खेलमा सिटीले सर्बियन टिम रेडस्टार बेलग्रेडमाथि ३-१ को पुनरागमन जित हासिल गरेको हो भने पिएसजीले बोरुसिया डर्टमन्डलाई २-० ले हराएको हो। पहिलो हाफभरी विपक्षीमाथि दवाव कायम गरेको सिटीले हाफको अन्तिमतिर गोल खान पुगेको…