एसियाली खेलकुदको महाकुम्भ शनिबारबाट औपचारिक रूपमा चीनको हाङझाउमा शुरु हुँदैछ। १९ औँ संस्करणको एसियाड भव्य समारोहबीच हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा साँझ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङझाउमा हुने एसियाडको उद्घाटन समारोहमा भाग लिन चीन पुगिसकेका छन् । कोभिड–१९ का कारण एक वर्ष पछि हुन लागेको १९…