बंगलादेश भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भुटानलाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेशले अन्तिम चारको यात्रा तय गरेको हो। बंगलादेश १४ वर्षपछि साफको सेमिफाइनल पुगेको हो। यस अघि बंगलादेशले २००९ मा सेमिफाइनल खेलेको थियो। बंगलादेशले एक गोलको अग्रता उल्टाएर भुटानमाथि जित निकालेको हो। खेलको १२ औं मिनेटमा…