आइटी, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूबीच बृहत् फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । एड मिडिया प्रालिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डिजिटल ठगीविरुद्धको अभियान अन्तर्गत ‘म सतर्क छु’ भन्ने सन्देशसहित आयोजना गरिने फुटसल प्रतियोगिता यही वैशाख ९ गतेदेखि आरम्भ हुने जानकारी दिइएको छ । कार्यक्रम प्रस्तोता विकल्प खरेलका अनुसार उद्योग व्यवसायीहरुबीच सहकार्य, सोहाद्र्वता तथा…