ओमानले एसिसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा कतारमाथि ओमानले ४० रनको जित दर्ता गरेको हो । ओमानले जितका लागि दिएको २५० रनको लक्ष्य पछ्याएको कतार ४७.२ ओभरमा अलआउट हुँदै २०९ रनमा समेटिएको हो । कतारका लागि कप्तान मोहम्मद रिज्लनले सर्वाधिक ४३ रन जोडे । साथै खुरम शाहजादले…