राजधानीमा जारी नेपाल टी– २० लिगको पहिलो क्वालिफायरमा आज लुम्बिनी अलस्टार र जनकपुरबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने खेलमा विजयी हुने टिमले फाइनलमा स्थान बनाउने छ। दुवै टिम जित निकाल्दै सिँधै उपाधि भिडन्त पक्का गर्ने योजनामा छन्। लुम्बिनीले १० खेलमा ८ जित निकाल्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको…