काठमाडौंको कीर्तिपुरमा जारी नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट देखिएको छ। सुरूवात देखि नै विवादित बनेको लिगमा बेटिङ र स्पट फिक्सिङको आशंका गरिएको थियो। उक्त आशंकापछि सिआइबीले डिएसपीको नेतृत्वमा अनुसन्धान गरिरहेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि लिगमा भएको अवैध बेटिङ र फिक्सिङको आशंकामाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए।…