काठमाडौं । इंग्लिस प्रिमियर लिग सिजनको अन्तिम खेलमा एभरटनविरुद्ध १–० को कठिन जित निकाल्दै टोटनहम हटस्पर रेलिगसनबाट जोगिएको छ । आइतबार टोटनहम हटस्पर रंगशालामा जोआओ पाल्हिन्हाले पहिलो हाफमा गरेको एकमात्र गोल घरेलु टोली टोटनहमलाई जित दिलाउन पर्याप्त बन्यो । उनले ४२औँ मिनेटमा गोल गरेका थिए । जितसँगै टोटनहमले ३८ खेलबाट ४१ अंक जोडेर १७औँ स्थानमा…