१८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन्। विवेक श्रेष्ठ ललितपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन्। फोटो व्यवसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तराष्ट्रियमाझ पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए। प्रतियोगितामा…