काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ को चौथो दिन चिनियाँ अटो ब्रान्ड फोटोनले आफ्नो नयाँ इलेक्ट्रिक पिकअप ‘ई-टुनल्याण्ड’ सार्वजनिक गरेको छ। कम्पनीले फोटोनको इलेक्ट्रिक पीकअप ‘ई-टुनल्याण्ड’को बिक्री सुरू गरेको हो । इलेक्ट्रिक टुनल्याण्डमा फोटोनले चीनको प्रख्यात ब्याट्री निर्माता सीएटीएलद्वारा उत्पादित ८८ किलोवाट–आवर क्षमताको लिथियम-आयन ब्याट्री प्रयोग गरेको छ। कम्पनीका अनुसार, यस ब्याट्रीले ३५०…