काठमाडाैं । हुन्डाई मोटर कम्पनीले न्युयोर्क अटो शोमा आफ्नो बहुप्रतिक्षित मध्यम आकारको थ्री-रो एसयूभी, २०२६ प्यालिसेड सार्वजनिक गरेको छ। बक्सियर र मस्कुलर डिजाइनमा प्रस्तुत भएको यसको लम्बाई ४९८० एमएम, चौडाइ १९७५ एमएम, उचाइ १७५० एमएम र ह्विलबेस २९०० एमएम रहेको छ। ग्राहकहरूले ८ यात्रु क्षमताको बेन्च सिट वा ७ यात्रु क्षमताको क्याप्टेन सिटमध्ये एक रोज्न…