काठमाडौं । सरकारले सुकुमबासी वस्तीमा डोजर प्रयोग गरेपछि होल्डिङ सेन्टरमा शरण लिईरहेका बालबालिकाहरुले विद्यालय बाहिरै बस्नु परेको छ । सरकारले विभिन्न ठाउँमा बसोबास गरिरहेका सुकुमवासीहरूको बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राखेको पनि २ महिना पुग्न लागिसक्यो । तरत्यहाँ बसिरहेका बालबालिकाहरु कहाँ पढ्ने भनेर अझै टुङ्गो लागेको छैन । काभ्रेपलाञ्चोकको बनेपास्थित रेडक्रस होल्डिङ सेन्टरमा बसिरहेकी कुमारी…