काठमाडौं । डिल्लीबजारस्थित अर्बिट इन्टरनेसनल एजुकेसन ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी–यूएसए’ अवार्डबाट सम्मानित भएको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत संस्थालाई उक्त सम्मान प्रदान गरिएको हो। संयुक्त राज्य अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श, विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया, छात्रवृत्ति सम्बन्धी मार्गदर्शन…