पाँचथर । पाँचथर जिल्लामा हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाले शैक्षिक अवस्थाको मिश्रित चित्र प्रस्तुत गरेको छ। जिल्लाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ हुन नसकी शून्य नतिजा आएको छ भने समग्र जिल्लाको उत्तीर्ण प्रतिशत ४९ प्रतिशतमा सीमित भएको छ। शून्य नतिजा आउने विद्यालयहरूमा कालिका मावि साम्दिन, सारताप मनरत्न मावि, खान्द्रोङ…