फुङ्लिङ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शिक्षकका लागि तालिम आयोजना गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनसँगको सहकार्यमा विद्यालय तहअनुसारका पाठ्यक्रममा आधारित विषयगत सिकाइलाई सुधार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । शुक्रबारदेखि सुरु भएको तालिम आइतबारसम्म जारी रहनेछ । पालिकाभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकहरू तालिममा सहभागी छन् ।…