काठमाडौं । दाङको तुलसीपुरमा लुम्बिनी प्रदेशकै प्रमुख शैक्षिक केन्द्रको रूपमा उदाउँदै गरेको प्राज्ञिक संस्था हो, ज्ञानज्योति माध्यमिक विद्यालय । वि.सं. २०५१ मा स्थापना भएको यस संस्थाले विगत तीन दशकदेखि स्थानीय समुदायलाई उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्दै आएको छ। ज्ञानज्योति एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित यो विद्यालयले प्राथमिक तहदेखि माध्यमिक तहसम्म मात्र नभई उच्च शिक्षासम्मको यात्रालाई एउटै छानामुनि…