काठमाडौं‘आगन्तुकलाई अनुमति छैन’ सेतो पानामा सूचना टाँसिएको छ, डा.गोविन्द केसीको उपचार कक्ष बाहिर । सूचनालाई अटेर गर्दै उनको कोठा भित्र छिर्नेहरूको कमी छैन । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजीको कोठा नं ५०२ मा बिहीबार कांग्रेसका नेता अर्जुननरसिंह केसी लुसुक्क छिरे ।सत्ताइस दिन लामो अनशनले कमजोर बनेका डा.केसी अझैं तङग्रिन सकेका छैनन् । रक्तचाप न्यून…