काठमाडौंयुरोपेली युनियन अन्तर्गतको निर्वाचन पर्यवेक्षण मिसनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे दिएको धारणालाई लिएर संसदमा विभाजन देखिएको छ । वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिवेदन प्रति विरोध जनाएका छन् भने तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले समर्थन जनाएका छन् । संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले…