लमजुङ कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको भविष्य उज्वल रहेको बताएका छन् । लमजुङको उदीपुरमा रहेको जनकल्याण माविको प्रांगणमा विद्यालयका संस्थापक एवं प्रजातन्त्रका सेनानी स्वर्गीय रोहिणीराज त्रिपाठीको अर्धकदको शालिक अनावरण गर्न नेता कोइराला यहाँ आएका थिए ।‘नेपाली कांग्रेसको संगठन कमजोर छ, अब हाम्रो सम्पुर्ण ध्यान संगठन सुदृढीकरणमा केन्द्रीत हुन्छ, कांग्रेसले कार्यशैली, कार्यक्रम परिवर्तन गरेर अघि…