गोरखा, ६, कार्तिकमंसिर १० गते हुने संघीय र प्रदेशसभा निर्वाचनका लागि आईतवार गोरखामा राजनीतिक दलका उम्मेद्ववारले तामझामले मनोनयन दर्ता गराएका छन् । माओवादी, एमाले र कांग्रेस नयाँ शक्तिबीचको गठबन्धनले उम्मेद्ववारी दर्ताको माहौल थप रमाईलो बनेको थियो । उम्मेद्ववारी दर्ता गर्दा चुनावी तालमेल गरेका दलका नेता कार्यकर्ता एकै साथ नाराजुलस गर्दै बाजागाजा सहित गएका थिए ।…